काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संघीय संसद् भवन परिसरमा रिपोर्टिङका लागि खटिने पत्रकारहरूको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले रातदिन नभनी जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरूले न्यूनतम सुविधासमेत नपाएकोमा आपत्ति जनाए। उनले पत्रकारहरूका लागि कम्तिमा पिउने पानी र शौचालयको व्यवस्था मिलाउन सरकारसँग माग गरे।
‘संसदीय मामिलाको रिपोर्टिङमा खटिएका पत्रकार साथीहरूको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ,’ सांसद सुनारले भने, ‘रातदिन नभनी काममा खटिने पत्रकारहरूलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र बाथरुम जान पाउने व्यवस्था गरियोस्, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद सुनारले संसद् भवन बाहिर पत्रकारहरूलाई मौसमका कारण निकै सास्ती हुने गरेको बताए। उनले पानी पर्दा क्यामेरा जोगाउन र चर्को घाम लाग्दा ओत लाग्ने ठाउँ नहुँदाको अवस्था अन्तर्राष्ट्रिय जगतमै लाजमर्दो विषय भएको टिप्पणी गरे।
‘पानी पर्दा क्यामेरा जोगाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे परेको छ। अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने गरी पत्रकार साथीहरूलाई यसरी दुःख नदिन म सदनमार्फत सरकारलाई आग्रह गर्दछु’, उनले थपे।
संसद्को रिपोर्टिङका लागि दैनिक दर्जनौं पत्रकारहरू सिंहदरबारस्थित संसद् भवन पुग्ने गरे पनि उनीहरूका लागि व्यवस्थित ‘मिडिया सेन्टर’ वा ओत लाग्ने ठाउँ नहुँदा सास्ती भोग्दै आइरहेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी