डोटी। बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षसँग महिला कार्यक्रमको आयोजनामा लैङ्गिक विभेद, घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह तथा बहुविवाह सम्बन्धी विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नं ३ कानाचौरकाे श्री कानाचौर मा.बि.वडा नं २ केदार अखडाकाे श्री केदार अखडा मा.बि. र वडा नं १ सिमचौरकाे श्री कर्कट्टेश्वर मा.बि.र सिमचौर मा.बि.मा सञ्चालन गरिएको कार्यक्रममा छात्रा, शिक्षक तथा छात्राका महिला अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा लैङ्गिक विभेदका कारण र त्यसले समाजमा पार्ने प्रभाव, घरेलु हिंसाका विभिन्न स्वरूप, छाउपडी प्रथाले महिला तथा किशोरीहरूको स्वास्थ्य र मानव अधिकारमा पार्ने नकारात्मक असर, बालविवाहका सामाजिक तथा कानुनी परिणाम र बहुविवाहका कारण सिर्जना हुने पारिवारिक तथा सामाजिक समस्याबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी छात्राहरुले समूह छलफल, प्रश्नोत्तर तथा अनुभव आदानप्रदानमार्फत आफ्ना धारणा राखेका थिए। साथै विद्यालय र समुदायमा यस्ता सामाजिक कुरीति अन्त्य गर्न आफूहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

लगातार चार दिनसम्म चलेकाे कार्यक्रमकाे अन्तिम दिन बोल्दै गाउँपालिका उपाध्यक्ष बिष्णादेबी बमले लैङ्गिक समानता, महिला अधिकार र बालअधिकारको संरक्षणका लागि विद्यालयस्तरबाटै सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले किशोरीहरुमा विभेद विरुद्ध जुट्न र सामाजिक रुपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रमको समापनमा सहभागीहरूले “लैङ्गिक विभेद, घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह तथा बहुविवाहमुक्त समाज निर्माणका लागि हामी सबै मिलेर अघि बढ्नेछौँ” भन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

ज्ञानु मगरले ब्यवस्थापन गरेकाे उक्त तालिमकाे सहजिकरण पत्रकार मिलन कार्कीले गरेका थिए








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन