काठमाडौं : अहिले संबिधान संसाेधनकाे बहस चलिरहेकाे छ । त्यसका लागि असिम साह नेतृत्वको संबिधान संसाेधन बहस पत्र तयार समितिले सुझाव संकलन गरिरहेकाे छ ।
साेहि संविधान संशोधन सुझाबका क्रममा दलित समुदायका अधिकार, प्रतिनिधित्व तथा सामाजिक न्यायका सवालमा केन्द्रित “संविधान संशोधनमा दलित समुदायका सवाल विषयक परामर्श गोष्ठी” आज (शुक्रबार) दिउँसो ३:०० बजे काठमाडौंको अनामनगरस्थित सिलोटी कलेजमा आयोजना हुँदैछ।
स्वतन्त्र दलित नागरिक समाजको आयोजनामा हुने उक्त गोष्ठीमा संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि आवश्यक संवैधानिक व्यवस्थालगायत विषयमा व्यापक छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा दलित समुदायका पूर्व संविधानसभा सदस्य, पूर्वमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र श्रम संस्कृति पार्टीका सचेतक तथा सांसद, संविधानविद्, दलित मानवअधिकारकर्मी र पत्रकारहरूको सहभागिता रहने स्वतन्त्र दलित नागरिक समाजका संयोजक कर्णबहादुर नेपालीले जानकारी दिएका छन्।
कार्यक्रममा NAFAN को सहकार्य रहेको छ भने समता पोस्ट डटकम मिडिया साझेदारका रूपमा रहेको छ। गोष्ठीबाट प्राप्त सुझावहरूले संविधान संशोधन प्रक्रियामा दलित समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी