काठमाडौं । दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका अध्यक्ष प्रदीप परियारले गणेश नेपालीको मृत्युको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत न्यायकाे माग गरेका छन् ।
परियारले सामाजिक सञ्जालमा लेखेका छन्, “गरिखाने वर्गलाई आत्मदाहको बाटो रोज्न बाध्य पार्ने यो कस्तो शासन ? गणेश नेपालीको मृत्यु केवल एक घटना होइन, यो सत्ताको नालायकीको प्रमाण हो। राज्यले यसको पूर्ण जिम्मेवारी लिनैपर्छ।”
उनले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, जिम्मेवार निकायमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। साथै, नागरिकलाई #JusticeForGaneshNepali ह्यासट्याग प्रयोग गर्दै न्यायको पक्षमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।
हाल सामाजिक सञ्जालमा #JusticeForGaneshNepali अभियानमार्फत गणेश नेपालीको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवारी निर्धारण गर्न र राज्यलाई जवाफदेही बनाउनुपर्ने माग उठ्न थालेको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा