तँलाई गरिबहरू मारेर पुगेन
सुकुम्बासीहरू मारेर पुगेन
बेरोजगार युवाहरू मारेर पुगेन
यो देशमा झिनो भविष्य देखेर
पठाओ गर्दै गरेका गणेश नेपालीलाई
निर्मम रूपमा मारेर पुगेन
मार सरकार मार
अब मलाई पनि मार !
**
म पनि यो देशको
एक गरिब परिवारमा जन्मेको हुँ
अब मलाई पनि दोषी करार गर
किनकि यो देश भित्र भविष्य देख्ने
एउटा दोषी एउटा अपराधी म पनि हुँ
मार सरकार मार
अब मलाई पनि जलाएर मार !
**
ओ सरकार तेरो नियम कानूनले
मानवता देख्दैन भने
गरिबको भोको पेट देख्दैन भने
युवाको निराशा र कुण्ठा देख्दैन भने
गणेश नेपाली जस्तै आत्मदाह गर्न
कृपया विवश नबनाईदे
बरु सिधै तेरो राज्य आतंकको गोली
मेरो छातीमा ठोकिदे ?
तेरो राज्यमा गरिबले बाँच्नु हुदैन भने
म पनि एक गरिब हुँ
मार सरकार मार
अब मलाई पनि जलाएर मार !









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू