काठमाडौं । कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए ।
उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
“अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । खासगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने समस्या पनि समाधान हुनेछ”, अध्यक्ष चौधरीले भने ।
गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको नीतिअनुसार अस्पताल सेवा सञ्चालन गरिएको जानकारी दिए । कूल रु १९ करोड पाँच लाख लागतमा अस्पताल निर्माण सम्पन्न भएको उनले बताए ।
विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भई अस्पताल निर्माण सुरु भएकामा गत असारमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो । अस्पतालमा हाल बहिरङ्ग सेवा (ओपिडी), एक्सरे, इसिजी, प्रयोगशाला, प्रसूति र फार्मेसीलगायत सेवा दिइने गाउँपालिकाले जनाएको छ ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ हुँदै
बाजुराका महिलाको बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता