काठमाडौं । रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ । मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।
अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताए । नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिए ।
“रक्तसञ्चार केन्द्रमा एक/दुई पोका मात्र रगत छ, तर दैनिक ४०र५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भने, “बिरामीहरु जसरी पनि दिनुपर्यो भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।”
रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा.नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको छ ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
बाजुराका महिलाको बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ हुँदै