काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) का प्रतिनिधि श्रीराम हरिदासबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय र सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा UNFPA ले विगत पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र UNFPA बीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानीकारक अभ्यास र कुप्रथाको अन्त्यलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो।
महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य प्रणाली निर्माणमा UNFPA को प्राविधिक सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
भेटमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलालाई आत्मनिर्भर र सशक्त बनाउन सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासका अवसरमा पहुँच विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो।
सामाजिक न्याय र समावेशी शासनलाई प्रभावकारी बनाउन राज्यबाट प्राप्त हुने अवसर तथा सेवामा सीमान्तीकृत समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा सहकार्य विस्तार गर्नेबारे छलफल भएको छ।
मन्त्री बादीले नेपाल–UNFPA सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीति अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र विशेषज्ञता हस्तान्तरणमार्फत थप सुदृढ गर्न सकिने बताउनुभयो।
महिला, बालबालिका तथा सामाजिक विकासका क्षेत्रमा UNFPA को विशेषज्ञता र अनुभवलाई आगामी सहकार्यको महत्वपूर्ण आधार बनाउँदै परिणाममुखी कार्यक्रम अघि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी