काठमाडौँ । नेपाल आयल निगमले आज भदौ १ गतेदेखि खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरणलाई नियमित प्रक्रियामा ल्याएको छ। अब उपभोक्ताले सम्बन्धित ग्यास उद्योगका आधिकारिक विक्रेता तथा वितरकमार्फत आफूलाई आवश्यक ग्यास खरिद गर्न सक्नेछन्।
निगमका अनुसार ग्यास उद्योगहरूले आफ्ना विक्रेता तथा वितरकमार्फत हुने दैनिक बिक्रीको विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्नेछ। उद्योगले प्रत्येक दिन बिहान ९ बजेसम्म विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको सङ्ख्यासहितको विवरण निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण राखेर सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा उपलब्ध गराउनुपर्नेछ।
निगमले ग्यास वितरणमा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन निर्देशन दिएको छ। ग्यासको ढुवानी तथा वितरणका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोधसमेत गरिएको निगमले जनाएको छ।
वितरण प्रणाली प्रभावकारी भए–नभएको अनुगमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमका कर्मचारी सम्मिलित संयुक्त टोली परिचालन गरिने भएको छ।
यसअघि ग्यासको आपूर्ति प्रभावित हुँदा काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था आएको थियो। सुर्खेतलगायतका जिल्लामा ग्यासको अभाव भएपछि कतिपय साना होटल तथा रेस्टुरेन्टसमेत सञ्चालन गर्न कठिन भएको थियो।
नजिकको विक्रेताबाट ग्यास पाउन नसकेका तथा तत्काल ग्यास आवश्यक भएका उपभोक्तालाई निगमले तत्काल प्रतिक्रिया टोलीमा सम्पर्क गर्न आग्रह गरेको छ। निगमका अनुसार ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु