‘गरिसकेकाहरूले अब नगर्ने’ : समाजवादी आन्दोलनबारे सन्तोष परियारको नयाँ प्रस्ताव

काठमाडौं । समाजवादी आन्दोलनमा अबको बाटोबारे बहस गर्दै नेता सन्तोष परियारले नेपालमा समाजवादसम्बन्धी बहस व्यवहारभन्दा बढी ‘विलासी–मार्क्सवादी बहस’मा सीमित भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परियारले समाजवादी आन्दोलनमा ‘अब के गर्ने वा गर्नुपर्छ’ भन्ने प्रश्न आफैँमा ऐतिहासिक सिद्धान्त र कार्यक्रम बन्नुपर्ने बताएका छन्।

उनले विगतमा गरिसकेका कामलाई दोहोर्‍याउनुको सट्टा नयाँ पुस्तालाई ज्ञान, अनुभव र इतिहास हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार वामपन्थी तथा समाजवादी नाममा गरिएका सामन्ती–पुँजीवादी राजनीतिक अभ्यासको आत्मसमीक्षा आवश्यक छ।

परियारले नयाँ पुस्तालाई समाजवाद स्थापनाका लागि अघि बढ्ने नववामपन्थी आन्दोलनमा साथ दिनुपर्ने बताएका छन्। साथै आफूले भोगेका र देखेका प्रतिगमन तथा प्रतिक्रान्तिकारी संस्था र समूहको भण्डाफोर गर्नुपर्ने उनको धारणा छ।

उनले समाजवादी आन्दोलनका पुराना पुस्ताले पढ्ने–लेख्ने तथा आफ्ना अनुभव नयाँ पुस्तासँग बाँड्नुपर्ने र विगतको ज्ञान, अनुभव तथा इतिहासको पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
परियारले आफ्नो धारणा संक्षेपमा राख्दै भनेका छन्, ‘अहिलेलाई यति भनौँ, अभिवादन।’

उनको यो अभिव्यक्तिले नेपालको समाजवादी तथा वामपन्थी आन्दोलनमा पुस्तान्तरण, आत्मसमीक्षा र नयाँ राजनीतिक दिशाबारे बहसको आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ