काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ।
उपसभामुख रुवीकुमारी ठाकुरले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली सोमबार श्रेष्ठविरुद्ध पक्राउ पूर्जी माग गर्दै अदालत पुगेको थियो। तर, अदालतले पक्राउ पूर्जी जारी नगर्ने निर्णय गरेको हो।
उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दर्ता गराएकी थिइन्। जनआस्थाको फेसबुक पेज तथा अनलाइनमार्फत आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक हैसियतमा आँच पुग्ने गरी भ्रामक तथा असत्य सामग्री प्रकाशित गरिएको उनको आरोप छ।
ठाकुरले प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गम्भीर असर पारेको जाहेरीमा उल्लेख गरेकी छन्। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु भएको उनको दाबी छ। ती व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आशयमा समाचार प्रकाशित गरी आफ्नो चरित्र तथा प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको उनले आरोप लगाएकी छन्।
यसअघि पनि अर्की युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदलाई जोडेर प्रकाशित सामग्रीको विषयमा श्रेष्ठ पक्राउ परेका थिए। वैयक्तिक गोपनीयता हननसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार नै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।
त्यसको केही समयमै अर्को उजुरीका आधारमा पक्राउ पूर्जी लिन प्रहरी अदालत पुगे पनि ललितपुर जिल्ला अदालतबाट अनुमति नपाएको हो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु