पितृसत्ताको बलियो आहार महिला हिंसा र शोषण हो : राजेश्वरी सुवेदी

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीले पितृसत्तात्मक सोचले महिला हिंसा र शोषणलाई बढावा दिइरहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुवेदीले पितृसत्तात्मक मानसिकताबाट ग्रसित पुरुषले महिलालाई यौनको दृष्टिबाट मात्र हेर्ने गरेको टिप्पणी गरेकी छन् ।

उनले लेखेकी छन्, ‘पितृसत्ताको बलियो आहार महिला हिंसा, शोषण हो । पितृसत्ताले उन्मुक्त साँडेहरू यौनका लागि कुनै संकुचनमा बस्दैनन् । उसले इच्छाएको यौनसम्म पुग्न सके हरेक प्रयत्नले म्यानिपुलेसनको औजार प्रयोग गर्छ, नसक्दा जबर्जस्ती गर्न मेहनत गर्छ ।’

सुवेदीले यस्तो मानसिकताले महिलालाई यौनबाहेक अन्य दृष्टिले हेर्न र बुझ्न नसक्ने अवस्था सिर्जना गरेको बताएकी छन् । उनका अनुसार घरभित्रै बाउ, आफन्त, प्रेमी र श्रीमान्सम्मबाट महिलामाथि हुने बलात्कारका घटना गम्भीर रूपमा बढिरहेका छन् ।

उनले बलात्कारजस्तो अपराधमा समेत आनन्द लिन पल्किएको मानसिकताको आलोचना गर्दै त्यस्ता व्यक्तिको चेतनाको ‘बिर्को’ कहिले खुल्ने हो भन्ने प्रश्न गरेकी छन् ।

महिलामाथि हुने हिंसा र यौनजन्य अपराधको मूल कारण पितृसत्तात्मक सोच र त्यसबाट निर्मित सामाजिक संरचना रहेको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ