काठमाडौं । सरकारले काठमाडौंका विभिन्न नदी किनारबाट हटाएका सुकुम्बासीहरू फेरि आन्दोलनमा उत्रिएका छन्। सरकारले उचित व्यवस्थापन नगरेको भन्दै उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरूलाई सरकारले विचल्लीमा पारेको भन्दै तत्काल व्यवस्थापनको माग गरेका छन्।
प्रदर्शनकारीहरूले आफूहरूलाई नदी किनारबाट हटाए पनि वैकल्पिक बसोबासको व्यवस्था नगरेको गुनासो गरेका छन्। उनीहरूले सुरक्षित आवासको व्यवस्था गर्न तथा आफूहरूका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।
सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत विभिन्न स्थानका बस्ती हटाउँदै आएको छ। तर, विस्थापित परिवारको पुनःस्थापना र व्यवस्थापनको विषय अझै समाधान हुन नसकेको भन्दै सुकुम्बासी समुदायले पटक–पटक आन्दोलन गर्दै आएका छन्।
उनीहरूले आफूहरूको समस्या समाधान नभएसम्म संघर्ष जारी राख्ने चेतावनीसमेत दिएका छन्।
फाईल फाेटाे








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
अँध्यारो सुरुङबाट पलाएको आशा
बाढी प्रभावित गर्भवती महिलाका लागि निःशुल्क हवाई उद्धार