काठमाडौं । चर्चित गायक तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवा सम्मानित भएका छन्। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’को ११औँ संस्करणको अवसरमा उनलाई सम्मान गरिएको हो।
राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ति नाडकर, वरिष्ठ गायक आनन्द कार्कीलगायत कला तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा कला, सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई एउटै मञ्चमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा रीता तामाङ र समीक्षा शर्मा विजेता घोषित भए। मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप तथा रिता कटुवाल फोर्थ रनरअप घोषित भए। ‘भ्यूअर च्वाइस’ अवार्ड सिर्जना घिमिरेले जितिन्।
त्यस्तै, ‘मिस ब्यूटिफुल नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनेको दक्ष इन्टरनेशनल प्रालिका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए।
समारोहमा सम्मानित भएपछि बर्देवाको कला, संगीत तथा कार्यक्रम प्रस्तुति क्षेत्रमा रहेको योगदानको प्रशंसा गरिएको थियो।
लामो समयदेखि गायन र प्रस्तुति क्षेत्रमा सक्रिय बर्देवाको सम्मानले कलाकार तथा सञ्चारकर्मीबीच उत्साह थपेको सहभागीहरूले बताएका छन्।
प्रतियोगिताले नेपाली महिलालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसँगै नयाँ पहिचान र सम्भावनाको ढोका खोल्ने विश्वास विजेता रीता तामाङले व्यक्त गरिन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु