राँझा । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले बजार कब्जा गर्न थालेको छ। स्वादिलो, ताजा र तुलनात्मक रूपमा सस्तो भएकाले जुम्ला, कालीकोट, हुम्ला र मुगुको स्याउ उपभोक्ताको पहिलो रोजाइ बन्न थालेको हो।
नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुका अनुसार भारतीय स्याउ प्रतिकिलो करिब २५० रुपैयाँमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ १५० रुपैयाँमै पाइन्छ। नेपालगञ्जदेखि कोहलपुर र दाङका प्रमुख बजारसम्म अहिले कर्णालीको राताम्मे स्याउ छ्याप्छ्याप्ती देख्न सकिन्छ।
कर्णाली राजमार्ग सञ्चालन भएपछि ढुवानी सहज बनेसँगै स्याउको बजार विस्तार भएको व्यवसायीहरू बताउँछन्। जुम्लाबाटै ग्रेडिङ र प्याकिङ गरेर स्याउ सिधै तराईका बजारमा पुर्याउन थालिएको छ।
व्यवसायीका अनुसार उत्पादन, ग्रेडिङ र प्याकिङमा थप ध्यान दिन सके कर्णालीको स्याउले नेपाली बजारमा भारतीय स्याउलाई अझ बलियो प्रतिस्पर्धा दिन सक्छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु