काठमाडौँ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रमाथि खतरा पैदा भएको दाबी गरेका छन्।
आइताबार पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले अहिलेको व्यवस्थापन गणतन्त्र धान्न नसक्ने बताएका हुन्। उनले आउँदा दिनमा सत्ता फासिष्ट बन्दै जाने र सडकमा अरागजकता थपिने उल्लेख गरे।
भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ।’








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी