धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन्।
बुधबार जारी विज्ञप्तिमार्फत प्रदेश प्रमुख मियाँले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र बेपत्ताको सकुशल उद्धारको कामना गरेका छन्।
उनले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सरकार, सुरक्षा निकाय, संघसंस्था, निजी क्षेत्र, मित्रराष्ट्रका टोली र आमनागरिकप्रति आभार व्यक्त गर्दै थप सहयोगका लागि आह्वानसमेत गरेका छन्।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढी प्रभावितका लागि सोही राहत कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु