काठमाडौं । रसुवास्थित लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको खोज तथा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली बिहीबार सुरुङभित्र प्रवेश गर्ने भएको छ।
बाढीपछि सम्पर्कविहीन श्रमिकको अवस्थाबारे खोजी गर्ने क्रममा आयोजनाका प्राविधिक र नेपाली सेनाको टोलीले उनीहरू फसेको सम्भावित स्थान पहिचान गरेको हो। आयोजनाको अनुरोधपछि उद्धारका लागि सेनालाई प्राविधिक सहयोग उपलब्ध गराइएको जनाइएको छ।
आयोजनाका प्राविधिकको सुझावअनुसार टर्बाइनतर्फबाट प्वाल बनाएर सुरुङभित्रको अवस्था बुझ्ने प्रयास गरिएको थियो। प्वाल बनाएपछि भित्रबाट गन्ध आएपछि श्रमिकहरू सोही क्षेत्रमा रहेको हुनसक्ने अनुमान गरिएको आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले बताएका छन्।
पेनस्टक पाइप हुँदै सुरुङभित्र प्रवेश गर्न सकिने गरी बाटो बनाइएकाले बिहीबार उद्धार टोली त्यहाँबाट प्रवेश गर्ने तयारीमा छ।
आयोजनाका ४१ जना श्रमिक सम्पर्कविहीन भएका थिए। तीमध्ये सोमबार एक जनाको शव फेला परेको थियो। आयोजनामा करिब १५० मिटर लामो एक्सिस सुरुङ रहेको बताइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु