बाढी प्रभावित गर्भवती महिलाका लागि निःशुल्क हवाई उद्धार

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि सरकारले निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्थानीय तहमा उपचार सम्भव नभएका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परे तत्काल हवाई उद्धार गरिनेछ।

उद्धार आवश्यक परे मन्त्रालयको हटलाइन ९८५१२५५२५४ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। बाढी तथा विपद्को समयमा सही सूचना र समयमै समन्वय गर्न सके जोखिममा रहेका महिला र नवजात शिशुको ज्यान जोगाउन सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ