काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ। नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रमा हवाई माध्यमबाट २९ जनाको उद्धार गरिएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा खोजीका क्रममा एक शव फेला परेको छ। सुरुङभित्र थप व्यक्ति हुनसक्ने भन्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञसहितको टोलीले खोजी गरिरहेको छ ।
यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यालय तथा आवास क्षेत्रसम्म पुग्न बाटो खोल्ने र माटो हटाउने काम भइरहेको छ। टोली अडिट–१ बाट ४२६ मिटरभित्र प्रवेश गरेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोको सुरुङमा पनि दुई शव फेला परेका छन् भने चिलिमे हाइड्रोमा लेदो हटाउने तथा माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पानी निकालेर खोजी गर्ने काम भइरहेको छ।
यसैबीच रसुवादेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी नेपाली सेना परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापन, सडक सञ्चालन र स्वास्थ्य उपचारलगायतका काम भइरहेको सेनाले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु