बुटवलका रणपालले भाेटेकाेशी बाढि प्रभावितलाई ७ लाख बढिकाे कपडा बाड्ने

बुटवल । भदौ १० गते विहान भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावितलाई बुटवलस्थित न्यु फेमश सर्टिङ्ग सुर्टिङ्ग एण्ड टेलरिङ्ग सेन्टर बुटवलका संचालक राम कुमार रणपालले करिब ७ लाख ५० हजार बराबरको तयारी पोशाक सहयोग गर्ने भएका छन् ।

विपद्का बेला देश संकटमा पर्दा आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर केही सहयोग पुगोस् भन्ने उदेश्यले ६५ पिस सर्ट, ७५ पिस पाइन्ट, ७५ पिस कोट, ३९ पिस आस्कोट र अन्य सामग्री तयार गरी केही दिनमै बाढी प्रभावित क्षेत्रमा पुगेर हस्तान्तरण गर्ने  तयारी रहेको रणपालले बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका रणपालले रुपन्देही जिल्ला शाखा र नगरले पनि तयारी कपडासहित सहयोग गर्नका लागि जिन्सी सामग्री संकलन गरिरहेको बताउँदै यो अभियानमा जोडिदै देशैभरका सिलाई व्यवसायीहरुलाई पनि साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

सफल व्यवसायी तथा समाजसेवी रणपालले यस अघि पनि पाल्पाको भैरवस्थान मन्दिर, पालुङ्गमैनादीको श्री प्रभात मावि, जलेश्वर मन्दिर रिब्दीकोट, बुटवलको विसे नगर्ची शालिक निर्माणलगायतका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै समाजसेवामा निरन्तर लागिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ