बुटवल । भदौ १० गते विहान भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावितलाई बुटवलस्थित न्यु फेमश सर्टिङ्ग सुर्टिङ्ग एण्ड टेलरिङ्ग सेन्टर बुटवलका संचालक राम कुमार रणपालले करिब ७ लाख ५० हजार बराबरको तयारी पोशाक सहयोग गर्ने भएका छन् ।
विपद्का बेला देश संकटमा पर्दा आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर केही सहयोग पुगोस् भन्ने उदेश्यले ६५ पिस सर्ट, ७५ पिस पाइन्ट, ७५ पिस कोट, ३९ पिस आस्कोट र अन्य सामग्री तयार गरी केही दिनमै बाढी प्रभावित क्षेत्रमा पुगेर हस्तान्तरण गर्ने तयारी रहेको रणपालले बताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका रणपालले रुपन्देही जिल्ला शाखा र नगरले पनि तयारी कपडासहित सहयोग गर्नका लागि जिन्सी सामग्री संकलन गरिरहेको बताउँदै यो अभियानमा जोडिदै देशैभरका सिलाई व्यवसायीहरुलाई पनि साथ र सहयोग गर्न आग्रह गरेका छन् ।
सफल व्यवसायी तथा समाजसेवी रणपालले यस अघि पनि पाल्पाको भैरवस्थान मन्दिर, पालुङ्गमैनादीको श्री प्रभात मावि, जलेश्वर मन्दिर रिब्दीकोट, बुटवलको विसे नगर्ची शालिक निर्माणलगायतका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै समाजसेवामा निरन्तर लागिरहेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु