काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सम्पर्क टुटेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याएको छ।
सडक सञ्जाल पुनः सञ्चालन हुन नसकेको क्षेत्रमा रेडक्रसले अत्यावश्यक खाद्य सामग्री पुर्याएर ६० घरधुरीलाई वितरण गरेको हो। भदौ १० गते आएको बाढीपछि उक्त क्षेत्र सडकमार्फत अन्य स्थानसँग जोडिन सकेको छैन।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को सहयोगमा प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको नेपाल रेडक्रसले जनाएको छ।
रेडक्रसका अध्यक्ष डा.विशालकुमार भण्डारीसहित स्वयंसेवकको टोलीले स्थानीयलाई राहत वितरण गरेको थियो। अध्यक्ष भण्डारीले बाढीपछि उत्पन्न विपद्मा रेडक्रसका स्वयंसेवक तत्काल प्रतिकार्यका लागि निरन्तर खटिरहेको बताए।
उनका अनुसार रसुवा, नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणमा स्वयंसेवकले समन्वय र सहजीकरण गरिरहेका छन्। प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत वितरणलाई निरन्तरता दिइने रेडक्रसले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु