काठमाडौं । सरकारले महिलालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउने व्यवस्था गर्न कानून संशोधनको प्रक्रिया अघि बढाएको छ।
कानूनमन्त्री सोबिता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि विधेयकको मस्यौदा तयार भइसकेको छ। प्रस्तावित व्यवस्थामा आमालाई कम्तीमा ६ महिनाको तलबी प्रसूति बिदा र बच्चाको स्याहारमा सहयोग गर्न बाबुलाई ४२ दिनसम्म तलबी बिदा दिने उल्लेख छ।
मस्यौदालाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसदमा पेस गर्ने तयारी भइरहेको मन्त्री गौतमले जानकारी दिएकी छन्।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु