लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन

कंचनपुर । कंचनपुरको कृष्णपुर नगरपालिकामा लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गरिएको हो ।
वर्ल्ड भिजन नेपाल र नेपाल राष्‍ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुओ) को सहकार्यमा संचालित इन्टिग्रेटेड प्रोजेक्ट फ्रेमवर्क (IPF) परियोजनाको आर्थिक सहयोगमा नवरस रंगमञ्च धनगढीले सडक नाटक विद्यालय र समुदायलाई लक्षित गर्दै प्रदर्शन गरेको हो ।


नगरपालिकाका वडा नं.१ निंगाली टोल र वडा नं.२ बाणी बजारमा प्रदर्शन गरिएको सडक नाटकमा बालबालिका लागूऔषधको कुलतमा लाग्दा अभिभावका पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ । नाटक अहिलेको समय सान्र्दभिक भएकाले निकै सन्देशमूलक भएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।

नवरस रंगमञ्चका निर्देशक सुरेन्द्र संगम (डोट्याल बड्डो) को परिकल्पना तथा निर्देशनमा प्रदर्शन भएको सडक नाटकमा डोट्याल बड्डो,रमिता बिष्ट,खगेन बिसी,रेमन (डोटेली हिरो),युवराज जोशी,सुप्रिया गिरी,जनक बाजुरेली,कमल सिंह र निसा निरुको अभिनय रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ