काठमाडौं । आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना देखिएपछि पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा रहेकालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै असोज ८ देखि १२ गतेसम्म मौसम प्रतिकूल हुनसक्ने जानकारी दिएका हुन्। जल तथा मौसम विभागको पूर्वानुमानलाई आधार बनाउँदै विभागले पर्यटक, पदयात्री, पर्वतारोही तथा उनीहरूका सहयोगी कर्मचारीलाई सतर्क रहन अनुरोध गरेको हो।
लगातारको वर्षाले भू–क्षय, बाढी र पहिरोको जोखिम बढाउन सक्ने विभागले जनाएको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा आरोहणका क्रममा थप सावधानी अपनाउन भनिएको छ।
मौसमको प्रतिकूल प्रभाव विशेषगरी हिमाली तथा पदयात्रा क्षेत्रमा पर्नसक्ने भएकाले विभागले सम्भव भएसम्म उक्त अवधिमा अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ। यात्रा स्थगित गर्न नसकिने अवस्था भए मौसमको अवस्था बुझेर सुरक्षित स्थान र मार्ग छनोट गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउन विभागको आग्रह छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)
भारी वर्षाको जोखिमपछि कञ्चनपुरमा ‘हाई अलर्ट’