काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा समेत देखिने भएको छ। मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
उनका अनुसार उक्त मौसमी प्रणाली भारततर्फ प्रवेश गर्दै नेपालमा जलवाष्पयुक्त हावा भित्र्याउने क्रममा रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो। मनसुनी गतिविधि पनि कायमै रहेकाले आगामी केही दिन मौसम थप सक्रिय हुने अनुमान गरिएको छ।
बुधबार लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बिहीबार भने कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुने अनुमान गरिएको छ। शुक्रबार र शनिबारको तुलनामा आइतबारसम्म वर्षाको तीव्रता थप बढ्न सक्ने मौसमविद् ढकालले बताएका छन्।
भारी वर्षाका कारण पहाडी तथा कमजोर भू–भागमा पहिरोको जोखिम बढ्नुका साथै नदी तथा खोलानालामा पानीको सतह बढेर तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमसमेत हुन सक्ने उनको भनाइ छ। पछिल्ला केही दिन वर्षा कम भएकाले एक्कासी ठूलो पानी पर्दा जोखिम अझ बढ्न सक्ने उनले सचेत गराएका छन्।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणलगायत गतिविधिमा समेत असर पर्न सक्ने विभागले जनाएको छ। अहिले पर्वतारोहणको याम भएकाले सम्बन्धित व्यक्ति तथा निकायलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र गतिविधि अघि बढाउन आग्रह गरिएको छ।
यस्तै, धानबाली भित्र्याउने समय भएकाले किसानलाई पनि मौसमको पूर्वानुमान हेरेर कृषि कार्य गर्न सुझाव दिइएको छ। सम्भावित वर्षा, पहिरो, बाढी र हिमपातलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)
भारी वर्षाको जोखिमपछि कञ्चनपुरमा ‘हाई अलर्ट’