कञ्चनपुर । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र पारिएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
जोखिमयुक्त क्षेत्रमा माइकिङ, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ। नदी तथा खोलाको बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
बाढी तथा डुबानको अवस्था आए नागरिकलाई सुरक्षित स्थानमा सार्नेसहित उद्धारका लागि डोजर, स्काभेटर र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ। विद्युत्, सञ्चार तथा स्वास्थ्य सेवासँग सम्बन्धित निकायलाई पनि आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)
भारी वर्षाको जोखिमपछि कञ्चनपुरमा ‘हाई अलर्ट’