नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द

काठमाडौँ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

मौसम पूर्वानुमानअनुसार आगामी केही दिन भारी वर्षा हुनसक्ने र त्यसबाट विपद्को जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले सडकखण्डमा यात्रा गर्नेहरूलाई तोकिएको समयलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ