काठमाडौं । म्याग्दीमा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाका २०–२० मेगावाटका दुई युनिटबाट उत्पादन सुरु भएको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ।
विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब १५ दिन परीक्षण उत्पादन गरिनेछ। परीक्षण सफल भएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ।
आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान छ। सुक्खायाममा करिब ३४ प्रतिशत ऊर्जा उत्पादन हुने भएकाले विद्युत् माग व्यवस्थापनमा आयोजनाले सहयोग पुर्याउने प्राधिकरणले जनाएको छ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द