काठमाडौं । देशका अधिकांश भूभागमा मौसम बदली रही विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ।
महाशाखाका अनुसार बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्नसक्ने महाशाखाले जनाएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा कास्कीलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ। कास्कीमा भने भारी वर्षा भएको महाशाखाले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द