काठमाडौं । साउदी अरबले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि नेपाल सरकारलाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ।
साउदी अरबको राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत उपलब्ध गराइएको सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणपछि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै प्राप्त सहायता दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यको प्रतिबिम्ब भएको बताए।
साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरेर राहत सामग्री भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुर्याउनेछ।
भोटेकोशी बाढीबाट रासुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोगसमेत आह्वान गरेको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द