तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए।
बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए।
उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले सहिदपार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी