आज तीन बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । दुई साताको अन्तरालपछि आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न ३ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा छलफल हुने विषय र निर्णयबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ