समयको छातीमा
तकदिरले लेखेका निर्मम रेखाहरू
कसले मेटाउन सक्छ ?
न मैले
न तिमीले।
शायद ती हाम्रा भाग्य रेखाहरू हुन्।
त्यही नै तिम्रो बाटो हो,
त्यही नै मेरो बाटो हो।
बाटोमा फूलैफूल मात्रै कहाँ हुन्छ र !
आकाशमा जुनैजुन मात्रै कहाँ हुन्छ र !
कतै काँडा पनि त हुन्छ,
कतैअँध्यारो पनि त हुन्छ।
तर पनि,
समयको गीत कसले फेर्न सक्छ ?
भाग्यको रीत कसले बदल्न सक्छ ?
के कसैले
समुद्रको थोपा गन्न सक्छ ?
आकाश थामेर राख्न सक्छ ?
त्यसैले,
भाग्यका ती लाचार रेखाहरू
त्यही नै तिम्रो बाटो हो,
त्यही नै मेरो बाटो हो।
— रवीन्द्र केसी
मंसिर ५, २०८३ भक्तपुर ।








सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य
चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन