धनगढी । बाजुरामा बाघको आक्रमणबाट ४५ वटा बाख्रा मरेका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन् ।
बिहीबार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराका अनुसार खोरमा रहेका ४५ वटा बाख्रामध्ये केही साना पाठा खाएका छन् भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने