काठमाडौं । दसैँमा घर जाने यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएको भाडाभन्दा बढी रकम लिने सवारीसाधनमाथि कारबाही गरिने बताए। महासङ्घले व्यवसायी तथा सम्बद्ध पक्षलाई निर्धारित भाडामै टिकट बिक्री गर्न आग्रह गरेको छ।
सरकारले दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। टिकट बुकिङलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभाग, महासङ्घ, मजदुर सङ्घ–सङ्गठन र ट्राफिक प्रहरीबीच समन्वय गरिएको छ।
यात्रुको चाप व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारी सञ्चालनमा रोक लगाइनेछ। अत्यावश्यक सामग्री बोकेका सवारीमा भने प्रतिबन्ध लागू हुने छैन।
यात्रुको सुरक्षाका लागि गोङ्गबु बसपार्कमै सार्वजनिक सवारीको निःशुल्क फिटनेस परीक्षण गर्ने तथा काठमाडौंका प्रमुख नाकामा यात्रु सहायता कक्षमार्फत भाडादर, टिकट बिक्री र सुरक्षाको अनुगमन गरिने महासङ्घले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द