दार्चुला । हिउँदे वर्षाले अवरुद्ध दार्चुला–गोकुलेश्वर सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध सडकमा पहिरो पन्छाएपछि शनिबार बिहानबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा लेदोसहितको पहिरो खस्दा सडक एक महिनापछि पुनः अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्धका कारण रोकिएका यात्रु तथा सवारीसाधन बिहानैबाट गन्तव्यतर्फ लागेका छन् ।
एक महिना अगाडि उक्त क्षेत्रमा सडक चौडा पार्ने क्रममा सुक्खा पहिरोले एक सातासम्म सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन