डडेल्धुरा । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष बरुण पनेरुले डडेल्धुराका तीन वटा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार पनेरुले आफ्ना पूर्खाहरु एवं बुवाले अध्ययन तथा अध्यापन गरेका तीन वटा सामुदायीक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
सामुदायीक विद्यालयमा अध्ययनरत निम्न वर्गका जेहेन्दार विद्यार्थीलाई पोशाक र शैक्षीक सामाग्री खरिद गर्नका लागि छात्रवृत्ति कोषको स्थापना गरेको पनेरुले बताए ।
आफूले आम्दानी गरेको रकमको १० प्रतिशत छुट्याएर विद्यालयमा कोषको स्थापना गरेको उनले बताए । हालसम्म उनले भागेश्वर गाउँपालिका– २ रुपालमा रहेको असिग्राम मावि र भागेश्वर गाउँपालिका– ३ बोगटाको सरस्वती नमूना माविमा २५–२५ हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
आफूले पढेको एवं बुवाले अध्यापन गरेको परशुराम नगरपालिका–६ चंदनीको शिद्धनाथ माविमा एक लाख रकमको छात्रवृत्ति कोष स्थापना गर्ने उनले बताए । शिद्धनाथ माविको आयतबार हुने स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा छात्रवृत्ति कोष स्थापना गर्न लागेको उनले बताए ।
उनले आफ्ना स्वर्गीय बुवा कृष्णप्रसाद पनेरुका नामबाट कृष्णप्रसाद अध्ययन छात्रवृत्ति कोष स्थापना गरेको बताए । उनका बुवा शिद्धनाथ माविको प्रधानाध्यापक रहेको समयमा २०५३ मंसिर ९ गते सडक दुर्घटनामा परि निधन भएको थियो । विद्यालयको कामका लागि जिल्ला सदरमुकाम डडेल्धुरा जाँदै गरेका उनका बुवाको भीमदत्त राजमार्गको गैरा बजार नजिक बस दुर्घना हुँदा निधन भएको थियो ।
पत्रकार पनेरुले २०६१ सालदेखि पत्रकारिता गर्दै आएक छन् । उनले तत्कालिन फारवेष्ट दैनिक नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । त्यसयता निरन्तर सक्रिय पत्रकारिता गरिरहेका पनेरु नेपाल टेलिभिजन, एभिन्यूज, नागरिक दैनिक हुँदै १० वर्षदेखि कान्तिपुर टेलीभिजनमा डडेल्धुराबाट पत्रकारिता गरिरहेका छन् । पत्रकारितासंगै सामाजिक कार्यमा पनि सक्रिय रहेका पनेरु डडेल्धुरा जेसिज वर्ष २०२० का अध्यक्षसमेत हुन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने