काठमाडौं । जुवातास खेलेको आरोपमा ११ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-९ रामनगर बस्ने कमल बिक (बगाले)को घरमा जुवातास खेलेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर-५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३० वर्षीय राजु राइनी, ३९ वर्षीय हिमाल खराल, ३० वर्षीय आशिष चन्द, ३९ वर्षीय कलम बिक ९बगाले०, ३४ वर्षीय सन्देश रेग्मी, ४० वर्षीय वामदेव बिष्ट, ३३ वर्षीय अर्जुन शाही र ५४ वर्षीय भीमबहादुर वली छन् ।
उनीहरुबाट १ लाख १६ हजार ८ सय रुपैयाँ र ७ बुक तास बरामद भएको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले बताए ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने