कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध (खैरो हेरोइन )सहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका-१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१-०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शुन्य ७ ग्राम खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पुर्नवास नगरापलिका-१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका-११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका-८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।
तिनै जनालाई खैरो हेरोइन र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने