काठमाण्डौं । नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. कृष्णमणि चापागाई तीन महिनादेखि सम्पर्कविहीन भएका छिन् ।
पर्वत फलेवास नगरपालिका–की १० स्थायी घर भई अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी चापागाईं बिनाजानकारी ३ महिनादेखि अनुपस्थित रहेको अस्पतालले जनाएको छ ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित हाजिर हुन ७ दिनको म्याद दिएको छ । चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए । पछि पुनः १४ दिन बिदा थप गराएका थिए । थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि उनी अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।
उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ । त्यति गर्दा पनि अनुपस्थित भएपछि अन्तिमपटक बाटाको म्यादबाहेक ७ दिनभित्र हाजिर नहनुको कारणसहित आउन र अन्यथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने पनि सूचनामा उल्लेख छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने