कञ्चनपुर। कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु मृत्यु भएको छ । सोमबार पुनर्वास नगरपालिका – ९ “ख” गाउँ खाती चोकमा टेलर गाडीले ठक्कर दिँदा बैतडीको शिवनाथ गाउँपालिका – ५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका – ९ ‘ख’ गाउँ बस्दै आएका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको हो ।
पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुपप्र ०२–००१ क ५९२ नम्बरको गाडिले ठक्कर दिँदा साउँदको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले टेलर गाडी र टेलर गाडी चालक भीमदत्त नगरपालिका – ११ भुजेलाका ३८ वर्षीय पीताम्बर कलौनीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने