काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा नमोबुद्ध नगरपालिका–१ मा केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए।
केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने