धनगढी । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।
टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने