काठमाडौं । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई) ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए । लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।
अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने