इटहरी । इटहरीको जब्दीस्थित मुरा खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा खोलामा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियार छन्। उनीहरू शनिबार खोलामा डुबेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
दुवै बालकलाई खोलाबाट निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याउँदा चिकित्कले मृत घोषणा गरेका हुन्।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएो दाहालले जानकारी दिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने