डोटी । डोटीमा करेन्ट लागेर सात वटा बाख्रा मरेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका– ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासी करेन्ट प्रवाह हुँदा सातवटा बाख्रा मरेका हुन् ।
गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउँदका सातवटा बाख्रा मरेको स्थानीयले जनाएका छन् ।
वर्षाको समयमा विद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने