काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण पेश गर्न ७ दिनको समय दिइएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले झाँक्रीलाई लिखित आत्मालोचनासहित स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिने निर्णय गरेको छ ।
अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण दिन भनिएको छ । स्रोतका अनुसार ७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप निर्णय हुने जनाइएको छ । अध्यक्ष नेपालनिकट नेताहरूले नेत्री रामकुमारीलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने माग गरिरहेका छन् ।
अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेत्री झाक्रीले सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् । भ्रष्टाचार मुद्दा लागेपछि सार्वजनिक पदधारण गरेका व्यक्ति स्वतस् निलम्बन हुने प्रावधान भएपछि अध्यक्ष नेपालले पदीय जिम्मेवारी छाडेका छैनन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने