कंचनपुर । अविरल वर्षापछि आएको बाढीमा फसेका ८ जनाको उद्धार गरिएको छ। कैलालीको गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीको बिच टापुमा फसेका ६ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा उद्धार गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय बिर सार्की र बेदकोट नगरपालिका ७ का २८ वर्षीय अब्दुल सार्कीलाई उद्धार गरिएको हो।
डडेल्धुराको परशुराम नगरपालिका-७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको सशस्त्र प्रहरीले सफल उद्धार गरेको छ।
समय अत्यधिक वर्षाका कारण खोलामा एक्कासी बाढी आउँदा १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच भागमा अड्किएका थिए।
गाईबाख्रा चराउन गएका बेला उनीहरू खोलाको बीच भागमै बाढीले घेरेर फसेका थिए।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन